काठमाडाैं । आज पनी देशैभरको मौसम सफा छ । कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका सबै स्थानमा अहिले घमाइलाे घाम लागेको छ । चिसाे बढेका कारण घाम लागेपछीकाे माैसम सफा देखिएकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा नै रहने अनुमान छ । आज राति पनि देशभरको मौसम सफा रहनेछ ।



