काठमाडाैं । आज पनि देशैभर बिहानैदेखि पारिलो घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । यसैगरी आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले अनुमान गरेकाे छ ।



