काठमाडाैं । जेनजीकाे नाममा सरकारी कर्मचारीहरुलाई धम्क्याउने १ जना आपराधिक पृष्टभूमी भएका ब्यतीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि जेनजी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाहीलाई प्रहरीले हिजाे पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी परिसर, काठमाडाैंले उनलाई पक्राउ गरेको जनाएकाे छ । उनको गतिविधिलाई लिएर गुनासो आएपछि सोधपुछ र अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै उनले विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर केरकार गर्ने गरेका थिए । नागरिक उड्डयान प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुलाई समेत उनले धम्काउने काम गरेकाे प्रहरीले जनाएको छ ।
प्रहरीले उनीबारे खोजी गर्दा शाही वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको छ ।



