काठमाडाैं । यतिबेला देशका धेरै ठाउँको मौसम सफा छ ।
सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।



