गाेरखा । गएराती राजधानीकाे यातायात विभाग मीनभवन अगाडीको सडकमा भएको दुर्घटनामा परी गाेरखाका घर भएका मोटरसाइकल चालकको ज्यान गएको छ ।
जीप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक गोरखाको सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियारको उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गएको हाे ।
काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गएराती बीएबी ०३६५ नम्बरको जिप र बा ८१ प ४०१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा बालकृण्ण गंभिर घाइते भएका थिए ।
दुर्घटना लगत्तै प्रहरीले उनलाई सिभिल अस्पतालमा लगि उपचार गरिएकाेमा उनकाे उपचारकै क्रममा ज्यान गएकाे थियाे । दुर्घटनामा संलग्न जिर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।



