काठमाडाैं । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ८:४५ बजे शुरू हुनेछ ।
आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ । गएकाे सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ ।
पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराएको थियो । सुपर सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेपालले अन्तिम खेलमा शुक्रवार सामाओसँग खेल्नेछ ।
तस्वीर : क्यान



