काठमाडौं । शनिबार स्थगित भएकाे नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा सुरु भएकाे छ ।
शनिबार बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वस्थ्य अवस्थामा समस्या आएको कारण स्थगित भएको थियो ।
एमाले केन्द्रीय कार्यालयका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिवारको बैठक स्थगित गरिएको थियो ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो ।



