काठमाडाैं । आज कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली हुने अनुमान गरिएकाे छ । दिउँसो कोशी प्रदेशको पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ ।
गएको जेठ १५ मा नेपाल भित्रिएको मनसुन निर्धारित मितिभन्दा ८ दिन ढिला गरी अस्ति शुक्रबारदेखी देशभरबाट बाहिरिएको थियो ।
मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभावले बदली र वर्षाको सम्भावना भने रहन सक्ने महाशाखाले जनाएको । त्यस्तै देशैभर केही दिनदेखी बिहान र बेलुका चिसो बढ्न थालेको छ ।



