साँकेतिक तस्बिर
डोटी । जिल्लामा हाइस माइक्राे दुर्घटना हुँदा १ जना महिलाको ज्यान गएको छ भने अन्य १९ जना घाइते भएका छन् ।
अछामबाट धनगढीका लागि छुटेको सुपप्र-०१-००१ ख ३९५६ नम्बरको हाइस बिहान भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ गोल्डेनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरी निरीक्षक एवं सूचना अधिकारी नवराज रावलका अनुसार ज्यान गुमाउने महिला अछामको मंगलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियार रहेकी छन् ।
घाइते हुनेमा केही बालबालिका छन् । घाइते सबैलाई उपचारको लागि अत्तरिया पठाएको प्रहरी निरीक्षक रावलले जानकारी दिए ।



