काठमाडाैं । याे वर्षको मनसुन ८ दिनपछी बाहिरिएकाे छ । सामान्य तया नेपालकाे आकाशबाट अक्टाेबर २ तारिखका दिनमा मनसुन बाहिरिने गर्दछ । मनसुन बाहिरिए संगै देशैभरकाे माैसम घमाइलो भएको छ ।
हिजोसम्म आकाशमा बादल लागेकोमा आज बिहानैदेखि देशैभरको आकाश सफा देखिएको छ । अहिले सफा डाँडाकाडा र हिमालहरु पनि प्रष्ट देखिएका छन् ।
गएको असोज २० गतेदेखि बाहिरिन शुरू भएको मनसुन निर्धारित मितिभन्दा ८ दिन ढिला गरी हिजोदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहशाखाले जनाएकाे हाे ।
असोज २० गते सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै ठाउँ र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही ठाउँबाट मनसुन बाहिरिन शुरू भएको थियो ।
मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन माहशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।



