×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १९ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

राष्ट्रपति पौडेलले बोलाएको बैठकमा दलबाट को-को सहभागी भए ?

  •  गोरखा समाचार
  • शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा दलका शीर्ष तहका नेताहरू शितलनिवास पुगेका थिए ।

    राष्ट्रपति पौडेलको सक्रियतामा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका सबै मन्त्री सहभागी थिए ।

    नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् । नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्वउपमहासचिव वर्षमान पुन शितलनिवासको बैठकमा सहभागी भएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा सहभागी छन् ।

    यसैगरी नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी भएका छन् ।

    जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र डा जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी भएका छन् ।

    सर्वदलीय बैठकमा किन गएनन् ठूला दलका शीर्ष नेता ?

    राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शीतलनिवासमा चलिरहेको छ। बैठकमा मुख्य तीन ठूला दलका शीर्ष नेता भने उपस्थित छैनन्।

    जेन–जी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूला दलका कांग्रेसका सभापति शेरबहादुर देउवा, दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी छैनन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सर्वदलीय बैठकमा गएनन्।

    २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि राष्ट्रपतिले राजनीतिक पार्टीहरूसँग पहिलोपटक औपचारिक छलफलको आयोजना गरेका हुन्। २१ फागुनमा तय गरिएको मध्यावधि निर्वाचन छलफलको मुख्य एजेन्डा हो।

    यसअघि राष्ट्रपतिले आह्वान गर्ने छलफल र बैठकहरूमा प्रमुख दलका शीर्ष नेताले नै सहभागी हुने गरेका थिए। तर, यसपटक राजधानीमै भएर पनि उनीहरू देखिएनन्।

    कांग्रेस सभापति देउवा २४ भदौको घटनायता सार्वजनिक रूपमा देखा परेका छैनन्। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा आन्दोलनकारीले देउवा निवासमा तोडफोडपछि आगजनी गरेका थिए। त्यसक्रममा आन्दोलनकारीबाट कांग्रेस सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी आरजु राणामाथि निर्धात कुटपित भएको थियो।

    करिब दुई साता उपचारपछि उनीहरू अस्पतालबाट फर्किएका छन्। तर, उनीहरू सार्वजनिक रूपले देखा परेका छैनन्। त्यसोत: बिहीबार र आज शुक्रबार कांग्रेसको पदाधिकारी बैठकमा समेत देउवा सहभागी भएनन्।

    एमाले अध्यक्ष ओलीलाई २४ भदौमा नेपाली सेनाले प्रधानमन्त्रीनिवासबाटै सुरक्षित स्थान पुर्‍याएको थियो। त्यहाँबाट बाहिरिएपछि ओली भक्तपुरको गुण्डुमा बसिरहेका छन्।

    बिहीबार नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा ओलीले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरे। त्यसक्रममा उनले वर्तमान सरकार असंवैधानिक रहेको भन्दै संसद् पुनर्स्थापनाको मुद्दा उठाए।

    शुक्रबार भने उनको निवासमा पार्टीको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। ओली बैठकको अध्यक्षता गरिरहेका छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २४ यता केही सार्वजनिक कार्यक्रममा सहभागी भइसकेका छन्। शुक्रबार बिहान उनले सम्पादकहरूसँगको साक्षात्कार नै राखेका थिए। शुक्रबार नै राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठकमा भने उनी पनि सहभागी भएनन्।

    सरकारले आसन्न निर्वाचनको लागि तयारी अघि बढाइसकेको छ। निर्वाचन आयोग पनि निर्वाचनका लागि आवश्यक गृहकार्यमा जुटिरहेको छ। तर, निर्वाचनमा प्रमुख दलहरूकै सहभागिता अझै सुनिश्चित भइसकेको छैन।

    कांग्रेसको दुई दिन चलेको पदाधिकारी बैठकले ठोस निर्णय गरेको छैन। २६ असोजबाट बस्ने केन्द्रीय कार्यसमिति बैठकले यस विषयमा ठोस निर्णय गर्नेछ।

    नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। एमालेले पनि केन्द्रीय कमिटी बैठकको तय गरिसकेको छ।

    आसन्न निर्वाचनमा जाने स्पष्ट निर्णय माओवादीले गरिसकेको छ। केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी कमिटीहरूलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै महाधिवेशनको तयारी गर्ने तथा २१ फागुनको निर्वाचनको पनि एकसाथ तयारी गर्ने निर्णय गरेको छ।

    पछिल्लो राजनीतिक घटनाक्रमपछि राष्ट्रपतिले बोलाएको पहिलो सर्वदलीय बैठक भएकाले पनि शीर्ष नेताहरू बैठकमा सहभागी नभएको ती पार्टीका दोस्रो तहका नेताहरूको भनाइ छ।

     

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.