काठमाडाैं । नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरेका छन् । जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल पनि सुपर ६ मा प्रवेश गरेको हो ।
समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ ।
लगातार २ हार बेहोरेको कुवेत भने समूह चरणबाटै बाहिरिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्नेछ । यही खेलले समूहको विजेता टुङ्गो लगाउने छ ।
तस्वीर : क्यान



