काठमाडाैं । केही दिनदेखि बिहान-साँझको समयमा चिसो बढ्न थालेको छ । दिउँसो पनि राम्रोसँग घाम लाग्न सकेको छैन ।
मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेकाले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ भने मध्य र पूर्वी क्षेत्रमा मनसुनी तथा स्थानीय वायुको सामान्य प्रभाव छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।



