फाईल तस्बिर
काठमाडौं । साइबर अपराधको कसुरमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले इन्कारी लिखित बयान दिएका छन् । बस्नेतविरुद्ध शोभा पाठकले साइबर ब्यूराेमा उजुरी दिएकी थिइन् ।
बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उपस्थित भएका बस्नेतले डेढ घण्टा लामाे बयान दिएर बाहिरीएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो । सोही अनुसार उनी बुधबार बिहान ब्यूरोको कार्यालयमा हाजिर भएर लिखित बयान लिइएको ब्यूरोले जानकारी दिएकाे छ ।
ब्यूरोमा बस्नेतले सरकारी वकिल कार्यालयले नै पठाएको प्रश्नको लिखित जवाफ दिएका हुन् । बस्नेत बिरुद्ध अन्य २ वटा काम मुद्धा समेत रहेकाे ब्यूरो जनाएकाे छ ।
बस्नेतले ब्यूरोमा इन्कारी बयान दिएकाे स्राेतले जनाएकाे छ ।



