काठमाडाैं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार राति ८:४५ बजे शुरू हुनेछ । टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको छ ।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ । समूहको शीर्ष २ मा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।
सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।




















