साँकेतिक तस्बिर
काठमाडाैं । काठमाडाैंको टेकु दोभानमा १ जना युवतीको शव फेला परेको छ ।
मृतक महिला काभ्रे घर भई हाल काठमाडाैं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनको शव मंगलबार फेला परेको हो । रितुको ज्यान जानुको कारण खुल्न सकेकाे छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।



