गाेरखा । हिजाे भरतपुर महानगरपालिका-१ भतेरी जंगलस्थितमा कारले ठक्कर दिदा गाेरखाकी १ जना महिलाकाे ज्यान गएकाे छ ।
ज्यान गुमाउने महिला गाेरखा भिमसेन थापा गाउँपालिका-१ मसेलकी ४५ वर्षीया रेखा कुमारी पौडेलको चितवन प्रहरीले पुष्टि गरेकाे हाे ।
उक्त सडकमा बा.प्र.०१-०३३ च २६२७ नम्बरको कारले ग.२३ प ३०९२ र बा.प्र.०६-००१ प ९३९१ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा बा.प्र.०६-००१ प ९३९१ नम्बरको मोटरसाइकलमा सवार पौडेलको ज्यान गएकाे थियाे ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ज्यान भएको प्रहरीले जनाएकाे छ ।
साथै साेही दुर्घटनामा घाइते भएका दुबै मोटरसाइकलका चालकहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।



