फाईल तस्बिर
काठमाडाैं । भारी वर्षा सगै सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई लिन आज काठमाडौंबाट भैरहवा नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट हुने भएको छ ।
चार्टर्ड फ्लाइट मार्फत आइतबार राति भैरहवाबाट काठमाडौं पठाउने भनिएता पनि अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरी आज दिउँसो २:४५ बजेका लागि सारिएको हाे ।
दिउँसो १ बजे विमान काठमाडौंबाट भैरहवा पुग्ने र २:४५ बजे काठमाडौंकाेलागि प्रस्थान हुने कार्यक्रम तय भएकाे छ ।
यता यात्रुलाई विमानस्थलको काउन्टरबाट टिकट काट्न सिस्टमका कारण समस्या भएपछी प्रशासनले नाम संकलन गरेर त्यसैका आधारमा आज दिउँसो काठमाडाैं पठाउने तयारी गरेकाे जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएकाे छ ।
नेपाल वायुसेवा निगमले पनि सूचना जारी गर्दै काठमाडौं–भैरहवा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार भाडा तय गरेको जानकारी गराएको छ ।



