इलाम । अविरल वर्षा संगै आएकाे बाढी र पहिरोमा परी इलाममा अहिलेसम्म कम्तीमा पनि ३७ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लाे तथ्यांक अनुसार सूर्योदय नगरपालिका-१ मा ५ जना, इलाम नगरपालिका-६ मा ६ जनाको ज्यान गएको सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता एवं सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले बताए ।
त्यस्तैगरी, देउमाइमा नगरपालिका ८ जना, मान्सेबुङ गाउँपालिकामा ८ जना र सन्दकपुर गउँपालिकामा ६ जना, फाकफकथुम गाउँपालिकामा १ जना र माइजाेकमाइ गाउँपालिकामा ८ जनाको ज्यान गएको सह-प्रबक्ता थापाले जानकारी दिएकाे छ ।
पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको उनले जानकारी दिए । पहिरो प्रभावित क्षेत्रहरुमा सबै सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको पनि सह-प्रबक्ता थापाले बताए ।



