रौतहट । रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गएको छ ।
ईशनाथ नगरपालिका–८ मनसरी टोलका करिब ४५ वर्षीय ननका भन्ने शेख जमरुण, कटहरीया नगरपालिका–२ अतियाही टोलका करिब १७ वर्षीय सरोज लहेरी र सोही ठाउँमा बस्ने करिब १६ वर्षीय नबिन यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार शेख जमरुणको आज विहान ८:३० बजेतिर आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको हो ।
यस्तै, लहेरी र यादवको हिजो बेलुकी ६:३० बजे अतियाही टोलको भित्री सडकखण्डमा ज्यान गएको प्रहरीले जनाएको छ ।



