सुनसरी । सुनसरीमा रहेकाे सप्तकोशी नदीकाे पानीले खतरा तह पार गरे लगत्तै ५६ वटा ढाेका खाेलिएकाे छ । बिहान ९:३० बजेसम्म ५६ ढाेका खाेलिएकाे हो ।
चतरा जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको ढाेका खाेलिएकाे जनाएकाे छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउनु आग्रह समेत गरिएको छ ।
यस क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।





















