पाँचथर । पाँचथरको तमोर नदी नजिकै गाडी खसेको छ । प्रत्यक्षदर्शीका अनुसार, कार्तिके नजिक आज बिहान गाडी खसेको छ ।
प्रहरी स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारमा जुटेका छन् ।
दुर्घटना स्थल नदी नजिक भएकाले जोखिम उच्च रहेको अनुमान गरिएकाे छ । दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।



