मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्ड आज सामान्य अवस्थामा छ । बिहीबार बिहान ८ बजेसम्म यातायातका साधनहरू विना अवरोध सञ्चालनमा रहेकाे पत्रकार बिनाेद श्रेष्ठले बताए ।
गए रातीकाे वर्षा पछी तुईन खाेलामा सामान्य पहिराे गएपनि तत्कालै पन्छाएर बाटोमा सामान्य रूपमा ल्याएकाे पत्रकार श्रेष्ठले जानकारी दिए । केही ढुंगा र लेदो खस्ने थियाे सफा गर्ने काम सम्पन्न भइरहेको उनले बताए ।
सडक डिभिजन भरतपुरले यात्रु र सवारी चालकलाई यात्रा अघि सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
तस्बिर मुग्लिन बजार



