गोरखा । दशैंकाेलागि मनकामना केबुलकार आजदेखि ३ दिन बन्द गरिने भएको छ । दशैं मनाउन कर्मचारीहरु बिदा बस्ने भएपछी ३ दिनकाेलागि बन्द गरिएकाे हाे।
बन्द केबुलकार असाेज १८ गते शनिबारदेखी नै नियमित रुपमा सञ्चालनमा आउने सञ्चालक मध्यका एक राजेशबावु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार १७ गतेसम्म बन्द रहने केबुलकार १८ गते बिहानैदेखी सञ्चालनमा आउने छ ।
चितवनकाे चेरेश र गोरखाको सहिद लखन गाउँपालिका संग जाेडिएकाे केबुलकारले देशकै धार्मिक तिर्थ स्थल मनकामना माताकाे मन्दिर आउजाउकाेलागि दर्शनार्थीहरुलाई सहजता प्रदान गर्दै आएकाे छ ।
यो नेपालको पहिलो याे केबुलकार २०५५ साल मंसिर ८ गतेदेखी ब्यवसायिक रुपमा सञ्चालनमा आएकाे हाे ।



