गोरखा । पारिवारीक तनाव पछी गोरखाका १ जना पुरुषले आफैले आफ्नो घाँटी सेरेका छन् ।
घाँटी सेर्ने पुरुष सिरानचोक गाउँपालिका छोप्राकका ५० बर्षिय ईन्द्र बहादुर कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिए ।
उनका अनुसार कुमालले पारिवारीक तनावका कारण खुकुरीले आफ्नो घाँटी आफैले सेरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
असोज १४ गते मंगलबार राती ८ः४५ बजे कुमालले घाँटी सेरेको जानकारी पाए लगत्तै उद्वार गरी प्रादेशिक अस्पताल गोरखाको उपचार भएकोमा थप उपचारकोलागि चितवन रेफर गरिएको थियो ।
कुमालको अहिले चितवनको भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचार भईरहेको छ ।
गोरखा प्रहरीले दिएको जानकारी अनुसार कुमार खतरा मुक्त छन् ।



