×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

माडागास्करमा जेनजी प्रदर्शनकाे प्रभाव : राष्ट्रपतिद्वारा सरकार विघटन

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । पानी र बिजुलीको लामो समयदेखिको कटौतीविरुद्ध युवाहरूको नेतृत्वमा भएको प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिले आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन् ।

    राष्ट्रपति एन्ड्री राजोएलिनाले सोमबार राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै भने, ‘सरकारका सदस्यहरूले उनीहरूलाई सुम्पिएको जिम्मेवारी पूरा नगरेको हामी स्वीकार गर्छौं र माफी माग्छौं।’

    जेनजी प्रदर्शनहरूमा गत बिहीबारदेखि माडागास्करका सहरहरूमा हजारौं युवा प्रदर्शनकारीहरू नारासहित सडकमा उत्रिएका थिए । यसमा कम्तीमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको बताएका छन् ।

    संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले प्रदर्शनलाई दबाउन सुरक्षा बलले ‘अनावश्यक बल’ प्रयोग गरेको भन्दै निन्दा गरेका छन् । यद्यपि, माडागास्करको विदेश मन्त्रालयले यो तथ्याङ्क ‘अफवाह वा गलत सूचनामा आधारित’ रहेको भन्दै राष्ट्रसंघको तथ्याङ्क अस्वीकार गरेको छ।

    प्रदर्शनहरू सुरुमा राजधानी अन्टानानारिभोमा सुरु भए पनि पछि देशका ८ सहरहरूमा फैलिएका थिए । हिंसा र लुटपाटको खबरपछि अन्टानानारिभोमा रातभर कर्फ्यु लगाइएको थियो र प्रहरीले भीडलाई तितरबितर पार्न रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो ।

    गत हप्ता, माडागास्करका राष्ट्रपतिले आफ्नो काम राम्ररी गर्न नसकेको भन्दै ऊर्जा मन्त्रीलाई बर्खास्त गरेको घोषणा गरेका थिए, तर प्रदर्शनकारीहरूले राष्ट्रपति र बाँकी सरकारले पनि राजीनामा दिनुपर्ने माग राखेका थिए । सोमबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका थिए ।

    राजोएलिनाले सरकारी सञ्चारमाध्यम टेलिभिजोना मालागासीमा आफ्नो सम्बोधनका क्रममा भने, ‘म बिजुली कटौती र पानी आपूर्तिको समस्याले गर्दा हुने रिस, दुःख र कठिनाइहरू बुझ्छु ।’

    उनले नयाँ सरकार गठन गर्नु अघि अर्को ३ दिनसम्म नयाँ प्रधानमन्त्रीका लागि आवेदनहरू स्वीकार गरिने जानकारी दिए । यद्यपि, नयाँ सरकार नबनेसम्म हाल पदमा रहेका व्यक्तिहरूले अन्तरिम मन्त्रीको रूपमा काम गर्ने उनले उल्लेख गरे । राजोएलिनाले युवाहरूसँग वार्ता गर्न चाहेको पनि थपे ।

    माडागास्करमा सन् १९६० मा स्वतन्त्रता प्राप्त गरेदेखि नै धेरै विद्रोहहरू भएका छन्, जसमा सन् २००९ को जनप्रदर्शन पनि समावेश छ जसले पूर्व राष्ट्रपति मार्क रावालोमानानालाई पद छोड्न बाध्य पारेको थियो र राजोएलिना सत्तामा आएका थिए । यो प्रदर्शन राष्ट्रपतिले सन् २०२३ मा तेस्रो पटक पुनः निर्वाचित भएपछि सामना गरेको सबैभन्दा महत्त्वपूर्ण चुनौती हो ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.