एजेन्सी । तालिबानले सोमबारदेखि अफगानिस्तानभर इन्टरनेट र मोबाइल नेटवर्क सेवाहरू बन्द गरेको छ । समाचार वेबसाइट ‘काबुल नाउ’का अनुसार, काबुल, हेरात, मजार-ए-शरीफ र उरुजगानसहित धेरै शहरहरूमा फाइबर-अप्टिक इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
सुरुमा मोबाइल डेटा केही समयसम्म चले पनि सिग्नल टावरहरू बन्द गरिएपछि त्यो पनि बन्द भएको छ । मिडियाँ रिपोर्टहरूका अनुसार, यो निर्णय ‘अनैतिक गतिविधिहरू’ रोक्नका लागि लिइएको तालिबानले सरकारले स्पष्ट पारेको छ ।
यसअघि बल्ख, कन्दाहार, हेलमन्द, उरुजगान, र निमरोजजस्ता केही प्रान्तहरूमा फाइबर-अप्टिक नेटवर्कहरू बन्द गरिएका थिए ।
सन् २०२४ सम्म अफगानिस्तानमा पूर्व सरकारहरूले बनाएको ९ हजार ३५० किलोमिटर लामो फाइबर-अप्टिक नेटवर्क अहिले पूर्ण रूपमा बन्द गरिदिएको छ ।
तालिबानीहरुले माेबाईल सेवा र ईन्टरनेट बन्द गरेसंगै अन्तर्राष्ट्रिय कल गर्न असम्भव भएकाे छ भने बालिकाको पढाइमा सबैभन्दा बढी असर गरेकाे छ । त्यसकाे अलावा स्थानीय व्यवसायलाई पनि ठूलो नोक्सानी भएकाे र बैंक, पासपोर्ट कार्यालय र सरकारी कार्यालयहरूको काममा पनि यसले असर गरेकाे छ ।



