मुग्लिन । मुग्लिन बजार नजिकै रहेकाे तुईन खाेलामा गएकाे सुख्खा पहिराे पन्छाए संगै सडक सुचारु भएकाे छ । मध्यान्न १२ बजे गएकाे पहिराे अहिले साँझ ६ बजे पन्छाए लगत्तै दुई तर्फी यातायात सुचारु भएकाे पत्रकार बिनाेद श्रेष्ठले जानकारी दिए ।
सुख्खा पहिराे गए संगै मुग्लिनबाट चितवन तर्फ र चितवनबाट मुग्लिन तर्फ आउदै गरेका सबै सवारी साधन अबरुद्ध भएकाे थियाे ।
सुख्खा पहिराेका कारण दिउसाेदेखी दुवै तर्फ राेकिएकाे सवारी आ-आफ्नाे गन्तब्यमा जान थालेकाे ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ ।
यता पहिराे खसे लगत्तै ४ वटा मेशिन प्रयाेग गरेर पहिराे पन्छाउने काम गरिएकाे सडक डिभिजन कार्यालय चितवन भरतपुरले जनाएकाे छ ।
पत्रकार श्रेष्ठका अनुसार अहिले निर्वाध रुपमा दुई तर्फी रुपमा यातायात सञ्चालन भएकाे छ ।



