फाईल तस्बिर
मुग्लिन । मुग्लिन बजार नजिकै रहेकाे तुईन खाेलामा केही बेर अगाडी मात्र पुन: सुख्खा पहिराे गएकाे छ । पहिराेका कारण अहिले सडक पूर्ण रुपमा बन्द भएकाे पत्रकार बिनाेद श्रेष्ठले जानकारी दिए ।
सुख्खा पहिराे गए संगै मुग्लिनबाट चितवन तर्फ र चितवनबाट मुग्लिन तर्फ आउदै गरेका सबै सवारी साधन अबरुद्ध भएकाे छ ।
सुख्खा पहिराे खस्ने क्रम जारी रहेकाेले पहिराे पन्छाउने काम सुरु गर्न नसकिएकाे ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ ।
पहिराे खस्न राेकिएकाे खण्डमा पहिराे पन्छाउनकालागि मेशिनहरु तयारी अवस्थामा राखिएकाे सडक डिभिजन कार्यालय चितवन भरतपुरले जनाएकाे छ ।
पत्रकार श्रेष्ठका अनुसार अहिले पहिराे पन्छाउने तयारी भइरहेकाेले केही घण्टामा भित्रै एक तर्फी रुपमा यातायात सञ्चालन गर्न सकिने छ ।



