काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । शनिबार राति भएको खेलमा २ पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएपछि उनले नेपाली टिमलाई बधाई दिएका हुन् ।
‘यूएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले २ पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई दिन्छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रचण्ड थप लेख्छन्– ‘यो सफलताले नेपाली युवाशक्ति– उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ । नेपाली टोलीले सिरिजका आगामी खेलहरूमा समेत अझै उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित पार्ने विश्वास लिएको छु ।’
शारजाह क्रिकेट स्टेडियममा नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएकाे थियाे ।



