काठमाडौं । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएकाे छ ।
बैठक अध्यक्ष केपी शर्मा ओलीले आफु बसेकै घर गुण्डुमा पार्टीको सचिवालय बैठक बोलाएकाे हाे ।
बैठक दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो ।
बैठकका एजेन्डाबारे कुनै पनि जानकारी गराइएको छैन । जेन-जी आन्दाेलनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो ।



