साँकेतिक तस्बिर
दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउने २ जना पुरुष र १ महिला भएको प्रहरीले जानकारी दिएकाे हो ।
ज्यान गुमाउनेको परिचय खुल्न सकेकाे छैन । रुकुमबाट दाङ तुलसीपुरका लागि छुटेको लु २ ख ६५०२ नम्बरको माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । साेही दुर्घटनामा परी अन्य २ जना घाइते छन् ।
उनीहरुको तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ ।
तस्बिर सामाजिक सञ्जाल



