काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु बसेकै घरमा पार्टीको सचिवालय बैठक बोलाएका छन् । भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो ।
पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाइएको हाे ।
बैठकका एजेन्डाबारे कुनै पनि जानकारी गराइएको छैन । जेन-जी आन्दाेलनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो ।



