लमजुङ । दुधपाेखरीमा करिब डेढ महिना अगाडी ढुवेर बेपत्ता भएका युवककाे शव आज निकाल्न सफल भएकाे छ । शव सशस्त्र प्रहरी बल नेपालका गाेताखाेरकाे टाेलीले आज शनिबार बिहान निकालेकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार गएकाे साउन २४ गते लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका- ३ स्थित दुधपोखरी कुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता लमजुङकै क्ब्होलासोथार गाउँपालिका-४ भुजुङ्ग बस्ने वर्ष १८ को मनोज गुरुङ्गको शब सशस्त्र प्रहरिको गोताखोर टाेलीले निकालेको हाे ।
लामाे समय पछी असोज १० गते सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण पोखराबाट एयर डाइनेस्टिको हेलीद्धारा ४ जना गोताखोर सहितको उद्दार टोलि परिचालन गरिएको थियो ।
१० गते त्यस तर्फ गएको सुरक्षाफौजले सडेगलेको अबस्थामा शब निकालेर उनका दाजुको जिम्मा लगाएको पनी सह-प्रबक्ता थापाले जानकारी दिए ।
गुरुङ साउन २४ गते जनैपुर्णिमाको मेलामा नुहाउने क्रमामा गुरुङ बेपत्ता भएका थिए । गुरुङकाे शव गाेताखाेरकाे टाेलीले ५० दिनमा निकालेकाे हाे ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल



