काठमाडाैं । आज देशका धेरै ठाउँमा मौसम सामान्यतया सफा रहेकाे छ । रुकुममा मध्यम वर्षा भए पनि अरु ठाउँमा खासै पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



