गोरखा । गाेरखा प्रहरीले बन्दुक सहित १ जना पुरुषलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका-३ आँपपिपल, मैबल बस्ने ६३ वर्षीय राम बहादुर राना मगर भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले बताए ।
उनका अनुसार पक्राउ परेका रामबहादुरबाट प्रहरीले १ नाले भरूवा बन्दुक २ थान, बारूद र फलामको गज ४ थान फेला परेकाे छ ।
प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको थियाे । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको सूचना अधिकारी सुवेदीले बताए ।
गाेरखा प्रहरीले पक्राउ परेका रामबहादुरका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।



