रूपन्देही । जिल्लाको गैंडहवामा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।
करेन्ट लाग्दा गैंडहवा गाउँपालिका-६ कानिजवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको मृत्यु भएको रुपन्देही प्रहरीले पुष्टी गरेकाे हो ।
इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी निरीक्षक पुष्पराज रोकायाका अनुसार बुधवार बिहान विद्युतीय मोटरको तार जोड्ने क्रममा श्रीमतीलाई करेन्ट लाग्दा श्रीमान छुटाउन गएकाे थिए । साेही करेन्टले दुवै जनाको मृत्यु भएको हो ।



