काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले आज मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
सरकारले आउँदो फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनाव तोकेको छ । सरकारले चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम सङ्कलनको बाटो खुला गर्न अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।
अहिले संसद् नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा काम कारबाही अघि बढाउनुपर्ने बाध्यता छ । अन्तरिम सरकारकाे याे पहिलो अध्यादेश हो ।




