काठमाडाैं । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यी ३ प्रदेशसहित देशका पहाडी भागमा मौसम साधारणतया बदली रही बाँकी भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, कोशी प्रदेशलगायत बाँकी पहाडी भागका थोरै ठाउँ तथा बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनीको केही स्थानमा ठूलो पानी पर्न सक्ने अनुमान छ । गएराति देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।



