मुग्लिन । तुइनखोलामा केहीबेर अगाडी भिषण सुक्ख पहिरो खसेकाे छ । पहिराे खसेसँगै मुग्लिन-नारायणगढ सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ ।
मंगलबार दिउँसो ३:२० बजे खसेको भिषण पहिरोले सडक समेत भाँसिने जोखिम बढेसंगै अनिश्चित कालकालागि सडक बन्द गरिएकाे हाे ।
सडक खुलाउन के कति समय लाग्छ भन्ने निक्याैल गर्न नै नसकिने भएपछी निर्णय लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको आकश्मिक बैठक बसिरहेको छ ।
गएकाे शुक्रबारदेखी नै चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट निरन्तर सुख्खा पहिरो खसिरहेकाले उक्त सडक भएर देशकाे विभिन्न स्थान तथा दशैं मनाउन घर जानेहरु प्रभावित हुदै आएका छन् ।
गृह प्रशासनले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।



