गाेरखा । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा सुक्खा पहिरो खसेका कारण यात्रु र गाडी चालक अलपत्र परेका छन् ।
पहिरो ठूलो भएकाले पन्छाउन आज दिनैभरी लाग्ने देखिन्छ । यो बाटोको सट्टामा गाेरखा सदरमुकामकाे बैकल्पिक बाटाे प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।
जाममा रहेका सवारी साधनले बेनीघाट रोराङको विकल्पमा साना तथा मझौला गाडीले धादिङको मलेखु (फुर्के खोला)–धादिङबेशी हुदै गाेरखाकाे आरुघाट–मध्यपहाडी राजमार्ग तथा गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे वा पाेखरा उपयुक्त वैकल्पिक बाटो प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ ।
साथै अरू ठाउँतर्फ जाने ठूला तथा साना सबै गाडीलाई सुरक्षा निकायसँग समन्वय र निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।




