मुग्लिन । मुग्लिन बजार नजिकै रहेकाे तुइन खोलामा फेरी सुख्खा पहिरो खसेको छ । पहिराेका कारण सडक पूर्णरुपमा अबरुद्ध भएकाे छ ।
सोमबार रातिदेखि नै खसेको सुख्खा पहिरो पन्छाउने काम भइरहेको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ ।
पहिराे खसेकाे ठाउँमा पन्छाउने काम सुरु गरिएकाे छ । तर सवारी चालककाे लापर्वाहीले सवारी साधन अव्यवस्थित तवरले रोकेर राख्दा मेशिनकाेलागी आवश्यक इन्धन लान समस्या परेको पनि डिभिजन कार्यालयले जनाएकाे छ ।
प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ ।



