गाेरखा । यस वर्षको दशैं भाेलीदेखी सुरु हुने छ । दशैकाे पहिलाे दिन घटस्थापना भाेली परेकाे छ ।
असाेज ६ गते घटस्थापनाका दिन बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।
असोज ७ गते मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेट र स्थिरासन बिहान ९ बजेर २३ मिनेटमा तोकिएको छ ।
दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेकाे छ । टीका लगाउँदा लगाउनेले पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।




















