गोरखा । गोरखा सदरमुकाममा अरिगालले चिल्दा १ जना पुरुष घाईते भएका छन् । घर भित्रै रहेको गोलो एक्कासी खसेर अरिगालले चिल्दा ४५ बर्षका सन्त बहादुर लामा घाईते भएका हुन् ।
पालुङटार नगरपालिका–१ स्थायी घर भएका लामा गोरखा नगरपालिका–६ को सरस्वती मार्ग बस्दै आएका थिए । उनी बस्ने घर भित्रै रहेको अरिगालको गोलो केही दिनको लगातारको बर्षा पछी अचानक खसेको उनले बताए ।
घरका भित्रको जस्ता पातामा लगाएको गोलो खसेर अतालिएको अरिगालले लामालाई चिलेको थियो । उनलाई कम्तीमा पनि ३० वटा अरिगालले चिलेको जानकारी परिवारले दिएको छ ।
घाईते लामालाई अहिले गोरखा अस्पतालमा उपचारकोलागि राखिएको छ । अहिले लामाको शरिरको रगत पातलो भएकोले बाक्लो बनाउनकोलागि औषधी चलाएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
उनको ४ बजेसम्म पनि अवस्थामा सुधान नआए थप उपचारकोलागि अन्य स्वास्थ्य संस्थामा रेफर गनुपर्ने पनि अस्पताल प्रशासनले जनाएको छ ।



