काठमाडौं । जेन-जी आन्दाेलनका क्रममा गत २४ भदौमा आफ्नै निवासमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात काट्नु परेकाे छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको बायाँ हात काटिएको अस्पताल प्रशासनले जनाएकाे हाे ।
चित्रकारकाे शल्यक्रियाका क्रममा बायाँ हात काट्नु परेकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनलाई शल्यक्रियापछि अहिले वार्डमा सारिएको छ । उनको स्वास्थ्य अवस्थामा अहिले क्रमिक रुपमा सुधारोन्मुख हुँदै गएको छ ।



