साँकेतिक तस्बिर
मुग्लिन । मुग्लिन-नारायणगढ सडकखण्डमा गएराती ढुङ्गा खसेर बसमा लाग्दा १ जना महिलाकाे ज्यान गएको छ ।
ज्यान गुमाउने महिला लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामी भएकाे पुष्टी भएकाे छ ।
इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार ऐश्वर्या गम्भीर घाइते भएकी थिइन । उनको उपचारकाक्रममा चितवनकाे पुरानो मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रवीन्द्र खनालले बताए ।
उनका अनुसार तनहुँबाट नारायणगढका लागि छुटेको ग २ ख १८३६ नम्बरको बसमा हिजो बेलुका ढुङ्गाले लागेको थियो ।
प्रहरीले मुग्लिन- नारायणगढ सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन अनुराेध समेत गरेकाे छ ।



