प्रतिकात्मक तस्बिर
गोरखा । सिरानचोक गाउँपालिकाको खैरेनीबन क्षेत्रमा रहेको १ घरमा आगालागी हुदा घर पूर्ण रुपमा नष्ट भएको छ ।
सिरानचोक गाउँपालिका–६ को खैरेनीबनका ७२ बर्षिय गर्बे गुरुङका घरमा हिजो आगलागी भएर घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले बताए ।
उनका अनुसार काठ र जस्ताले बनेको घरमा आगलागी हुदा पूर्ण रुपमा नष्ट भएको हो ।
क्षतीको विवरण यकिन विवरण भने प्राप्त नभएको उनले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरमा रहेको मिटर बक्स सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
सोमबार मध्यान १२ः४५ बजे घरमा आगलागी भएको र स्थानियले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी चौकी नयाँसाघुबाट खटिएको प्रहरी र स्थानियहरुको टोलीले आगो नियन्त्रणमा लिएको पनि गोरखा प्रहरीले जनाएको छ ।
आगो दिउसो ३ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको पनि प्रहरी चौकी नयाँसाघुका प्रहरी हवल्दार राजकुमार थापाले जानकारी दिए ।



