काठमाडाैं । बीपी राजमार्ग बुधबारदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । यसवर्षको मनसुन शुरू भएसँगै जोखिमका कारण रातिको समयमा गाडी चलाउन रोक लगाउँदै आइएको थियाे ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले साेमबार एक सूचना जारी गर्दै मनसुन बाहिरिने क्रममा रहेको र दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन हुने जनाएकाे छ ।
यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम सुरक्षा समितिले सडक सञ्चालनकाे निर्णय गरेकाे हाे ।
बीपी राजमार्गमा असार पहिलो हप्तादेखि रातिको समयमा गाडी आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।




















