साँकेतिक तस्बिर
गोरखा । जेन–जी आन्दोलनको बहाना पारेर विभिन्न कारागारबाट भागेका मध्य थप २ जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नियन्त्रणमा लिएका थप २ जना जबरजस्ती करणी मुद्वामा दोषी ठहर भएर कारागार चलान भएका ब्यत्ती भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले बताए ।
प्रहरीले केन्द्रिय कारागारबाट भागेका धनकुटाका सुमन सुन्दासलाई घ्याल्चोकबाट पक्राउ गरेको हो ।
त्यस्तैगरी, गोरखा पालुङटारका बावुराम नेपालीलाई गोरखा प्रहरीले पालुङटार क्षेत्रबाट नै पक्राउ गरेको सूचना अधिकारी सुवेदीले जानकारी दिए । उनी कास्की कारागारबाट भाग्न सफल भएका थिए ।
गोरखा प्रहरीले अस्ति शनिबार मात्रै पनि कास्की कारागारबाट भागेका ५ जना र तनहुँ कारागारबाट भागेका १ जना गरी ६ जनालाई गोरखा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यायलयको बन्दी गृहमा राखिएको पनि उनले बताए ।



