काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् ।
भण्डारी देशको प्रथम महिला महान्यायाधिवक्ता बन्न सफल भएका छन् । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन् । उनी पूर्वसूचना आयुक्तसमेत भइ काम गरिसकेका छन् ।
यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले बडालको राजीनामा स्वीकृत गरेसँगै भण्डारीलाई नियुक्त गरिएकाे हाे ।



